Showing posts with label Society. Show all posts
Showing posts with label Society. Show all posts

Friday, October 2, 2015

तातोपानीमा चीनसँगको नाकामा ‘ट्रयाक’ खुल्यो


भूकम्पले ध्वस्त भएको तातोपानी नाका जोड्ने सडकको पहिरो हटाइएको छ। सिन्धुपाल्चोकको लिपिङ बजारमा रहेका ठूला ठूला ढुंगासहितको पहिरो हटाइएपछि अरनिको राजमार्ग नेपाल–चीन सीमाको मितेरी पुलसँग जोडिएको हो। सडक डिभिजन कार्यालयका अनुसार आज साँझ ‘ट्रयाक’ खुलेको भएपनि सवारीसाधन आवागमनका लागि अझै २ दिन लाग्न सक्ने छ। यस्तै तातोपानी नाका खुलाउन गएको अनेरास्ववियुका प्रचार विभाग प्रमुखका अनुसार भोलिदेखि गाडी पास हुन्छ। अहिले ट्याक खोल्ने काम पुरा भएको छ।

Wednesday, September 30, 2015

नेपाल र भारतबीचको सम्बन्धमा असर नपरोस्ः सञ्चारमन्त्री

काठमाडौँ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. मीनेन्द्र रिजालले नेपाल र भारतबीचको सम्बन्धमा थप नकारात्मक असर नपरोस् भन्ने हेतुले नेपालका केवल प्रसारण संस्थासँग पत्राचार गरिएको बताएका छन् ।

 मन्त्री रिजालले नेपालका केवल प्रसारण संस्थाले मङ्गलबारबाट भारतका सबै टेलिभिजन च्यानल बन्द गर्ने निर्णय गरेको सम्बन्धमा आफ्नो मन्त्रालयले केवल सञ्चालकलाई बोलाएर सो पत्राचार गरेको उनले बताए । एउटा सानो जमातको कारण नेपालमा सुरु भएको भारतीय च्यानलको प्रसारण रोक कसैको हितमा नभएको बताउँदै भारतीय च्यानल पुनः प्रसारण गर्न अनुरोधसहित २४ घन्टाभित्र जवाफ दिनुस् भनेर मन्त्रालयले पत्र पठाएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री डा रिजालले बताए ।

 सोही विषयलाई लिएर सामाजिक सञ्जालमा भएको विरोध र आक्रोशबारे सोधिएको एक प्रश्नमा उनले आफूप्रति आक्रोश र निरासा देखाउने सबै नागरिकप्रति आफ्नो मन कतिपनि नदुखेको उल्लेख गरे । सञ्चारमन्त्रीले भने – “मैले जीवनमा यति धेरै सामाजिक सञ्जालमा विरोध, आक्रोश खेप्नुपर्‍यो, मलाई फोन र एसएमएस पठाएर सोध्नुभएको छ, किन यसो गर्नुभयो भनेर ।

उहाँहरुले मलाई देखाएको आक्रोशले मभित्र रहेको यो मुलुकको स्वाधीनता र स्वतन्त्रता अझ बलियो भएर जानेछ, नेपाली जनताले कहिले पनि सम्झौता गर्दैनन् भन्नेमा म बढी विश्वास गर्छु, तर भावावेसले मुलुक अगाडि जाँदैन । उनले “हामीले आपूर्ति व्यवस्था सहज गर्नुपर्छ, भारतसँगको सम्बन्धलाई अझ गहिरो बनाउनुपर्छ, दुई देशबीचको सम्बन्ध सुधारका लागि कूटनीतिक प्रयास गरिनुपर्छ ।” भने ।

२०१७ को लागि अमेरिकी डिभी चिठ्ठा खुल्यो

आश्विन १३, २०७२- अमेरिकाको स्थायी नागरिक भएर जाने सबभन्दा सहज प्रक्रिया अमेरिकी डिभी चिठ्ठा २०१७ को बिहीबारदेखि खुला भएको छ ।

 डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन दर्ता अवधि बिहीबारदेखि कात्तिक १७ सम्म रहने अमेरिकी दूतावासले जनाएको छ ।

 अमेरिकी सरकारले आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दै खुला भएको विज्ञप्तीमा उल्लेख छ । आवेदन नि:शुल्क रुपमा गर्न सक्ने र त्यसको लागी वेबसाइटमा गए हुने समेत उल्लेख गरेको छ । कुनै कन्सलटेन्सी वा कतै गएर भर्नुभन्दा आफैंले भर्न प्रोत्साहन गर्दै उक्त चिठ्ठामा अरुको सहयोग लिएर भरेपनि सबै जिम्मवार डिभी जसको नाममा भरिन्छ उसैको हुनेसमेत उल्लेख छ ।

 अमेरिकी वेवसाइट डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जीओभीमा गएर भर्न सकिने समेत उल्लेख गरेको छ । डीभी भर्दा आफ्ना २१ बर्ष भन्दा मुनीका सबै सन्तानको विबरण उल्लेख गर्नपर्ने समेत जनाएको छ । डीभी चिठ्ठामा छानिदैमा भिसा पाउने निश्चित नहुने पनि दूतावासले स्पष्ट पारेको छ ।

 चिठ्ठा परेपछि भिसाका लागि अन्तर्वार्ता दिने मौका पाएमा कन्सुलर अफिसरले योग्यता पूर्ण छ वा छैन परीक्षण गर्नेछ । त्यसपछि अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि योग्य रहे नरहेको हेरेरमात्र निर्णय लिनेछन् ।