Thursday, June 2, 2016

यसो गर्दा महिलाहरु लाई छिटो यौन सन्तुस्टी मिल्छ , पुरा पढ्नुहोस

अमेरिकी समाज सेक्सप्रति उदार छ । सेक्सका कुरा खुल्लेआम हुन्छ त्यहां । यो विषयमा धेरै अध्ययन अनुसन्धन र विचारविमर्श पनि हुने गर्छ । अमेरिकी गाइनोकोलोजिस्टहरु पुरुष र महिलाले के गर्दा बढी सेक्स आनन्द मिल्छ भनेर सार्वजनिक रुपमै बताइदिन्छन् । अमेरिकी गाइनोकोलोजिस्टहरु महिलालाई बढी सेक्स आनन्द कसरी पुग्छ भनेर खुलस्त छन् ।
यौन विज्ञहरु भन्छन्–जुन पुरुषले सेक्स गर्दा युवतीको योनीभित्र रहेको सानो भागमा धक्का दिन्छ, त्यहीबाट महिलाहरू सेक्सबाट चरम आनन्द लिन्छन् ।
यद्यपी महिलाहरू पुरुषको तुलनामा ज्यादा लजालु हुने भएकाले आफ्नो पार्टनरलाई खुसी राख्नको लागि नै उनीहरू सेक्स गर्न राजी हुन्छन् । विभिन्न अध्ययनहरूले सेक्ससम्बन्ध राख्दा महिलाहरू आफ्नोभन्दा पुरुषको धेरै चिन्ता लिन्छन् र उनीहरू आफू सन्तुष्टि लिनभन्दा आफ्नो पार्टनर सन्तुष्ट पार्न हरसम्भव प्रयास गर्छन् भनेर औल्याएको छ ।
यसैले पनि अधिकांश सेक्सबाट महिलाहरूले भने जति सन्तुष्टि लिन सक्दैनन् । चरम उत्कर्षमा आउनुअगावै पुरुष थाकिसकेको वा उसले सन्तुष्टि लिइसक्ने भएकोले पनि महिलाहरू सेक्सको मामलामा सधै ठगिन्छन ।
यद्यपी महिलाहरू पनि सेक्सबाट सकेसम्म आनन्द लिने प्रयास नगर्ने होइनन । र पनि महिलाहरू कसरी चरम उत्कर्षमा पुग्छन् र यौनसन्तुष्टि प्राप्त गर्छन् भन्ने ज्ञान सेक्स गर्ने पुरुषलाई पनि थाहा नहंदा समस्या देखिन्छ । युवतीको योनीभित्र रहेको सानो भाग हुन्छ र त्यो ठाउँमा पुरुषको लिंगले धक्का दिँदा उनीहरूले ज्यादै सन्तुष्टि पाउँछन् ।
यौन क्षमता बढाउने काइदा
धेरै दम्पती जोडहिरु सेक्स आनन्द नपाएर छुटेका छन् । यौन सखको लागि धेरै भौतारिएका पनि छन् । यौन सख पाउनको लागि सामानय विधि छन् । जुन सरल र लाभदायक पनि छन्  । ति निम्न अनुसार छन् ।
नाइट डेटिङमा जानुस्
सातामा कुनै दिन सेक्स गर्नु हुन्छ भने यसमा थोरै बदलाव ल्याउनुस् । रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने गर्नुभएको छ भने केही समयपछि यो पट्यारलाग्दो बन्न जान्छ । यसलाई छोडेर बिहेअघिजस्तै नाइट डेटिङमा जाने गर्नुस् । सिनेमाको नाइट शो हेर्न, डिनर गर्न अथवा रात अन्तै कतै बिताउनेगरी जानुहोस् ।
गर्भनिरोधक औषधि बदलिरहनुस्
शरीरमा हुने हर्मोनको मात्रा परिवर्तनले सेक्सप्रतिको उत्सुकता र लगावमा परिवर्तन ल्याउँछ । लामो समयसम्म एउटै किसिमको गर्भनिरोधक औषधि सेवन गर्नाले शरीरमा एस्ट्रोजेन र टेस्टोस्टेरोन हर्मोनको मात्रा घट्न पुग्छ । जसले मानिसको सेक्सप्रतिको रुचि घटाउँछ । त्यसैले गर्भनिरोधक औषधि र विधिमा परिवर्तन गरिरहनुपर्छ ।
अन्य औषधि परिवर्तन
गर्भनिरोधक औषधिमात्र होइन, रक्तचाप, पेटसम्बन्धी रोग, एन्जाइटी, डिप्रेसनलगायत लामो समयसम्म औषधि खानुपर्ने समस्या भएका मानिसले स्वस्थ यौनजीवनका लागि चिकित्सकको सल्लाहमा बेलाबेलामा औषधिको ब्रान्ड परिवर्तन गर्नुपर्छ । एउटै ब्रान्डको औषधि लामो समय खानाले शरीरमा सेक्स हर्मोनको उत्सर्जनमा कमी आउँछ ।
घरको काम बाँड्नुस्
राती भान्साको काम श्रीमान्–श्रीमती मिलेर गर्नुस् । यसो गर्दा आत्मीयता बढ्छ । रातको समयमा निकट रहेर काम गर्दा रतिरागात्मक भाव पनि उत्पन्न हुन्छ ।
ढोका बन्द गर्नुस्
सुत्ने बेलामा कोठाको चुकुल लगाउने गर्नुस् । कहिलेकाहीँ नराम्रो सपना देखेर छोराछोरी तर्सिंदा सीधै तपाईंको कोठामा आउन सक्छन् । ढोका खुला हुँदा घरमा पालेका बिरालो वा कुकुर तपाईंको कोठामा छिर्न सक्छन् । जसले गर्दा तपाईंको सेक्स मुड बिग्रिन सक्छ ।
सेक्सलाई रुटिनमा राख्नुस्
दैनिक क्रियाकलापको सूचिमा सेक्सलाई पनि थप्नुहोस् । यसरी सूचिमा राख्दा दिउँसोदेखि नै तपाईंको मुड सेक्सका निम्ति तयार हुँदै जान्छ ।
लुब्रिकेन्ट जगडा राख्नुस्
प्राक्क्रीडामा पर्याप्त समय नदिँदा अथवा अन्य कारणले योनि सुक्खा भयो भने महिलाले सेक्सप्रति रुचि देखाउँदैनन् । उनीहरूको कुरा बुझेर लुब्रिकेन्ट अथवा योनि म्वइस्चराइजरको व्यवस्था गर्नुहोस् ।
सेक्सअघि तनावरहित हुनुस्
तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन ।
चिल्लो कम खानुस्
चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ । जसले गर्दा कामोत्तेजना जाग्दैन । कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस् ।
यौनवद्र्धक खाना खानुस्
एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् ।
सम्बन्धको निरीक्षण गर्नुस्
बेडरुमभित्रको सम्बन्धलाई बेडरुमबाहिरको सम्बन्धले धेरै हदसम्म प्रभावित गर्छ । एउटा फोन कल, सञ्चोबिसञ्चो सोध्ने बानीजस्ता स–साना कुराले दाम्पत्य जीवनमा ठूलो अर्थ राख्छन् ।
व्यायाम गर्नुस्
व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ । महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ । व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ । हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ ।
स्वास्थ्यबारे सचेत रहनुस्
छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस् । किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ । यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ । रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ ।
यौन चिकित्सकलाई भेट्नुस्
अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ । सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ ।एजेन्सी
- See more at: http://www.nayapage.com/86233#sthash.a4xkUPaa.dpuf

एक वर्षे बालकले सम्भोग चाहेपछि ‘

एजेन्सी: एक वर्षको उमेर । तर यौनांगमा रौं पलाइसक्यो । यौनांग पनि वयस्कको जत्रो । यौनांगमात्रै नभई अनुहार र शरीरका अन्य भागमा रौं । टेस्टोरेन तह पनि २५ वर्षको वयस्कको जस्तो । आवाज पनि धोद्रे सुन्दै पनि अचम्म लाग्ने यस्ता बालक भारतमा भेटिएका छन् । आकाश नाम गरेका ती बच्चामा यस्तो देखिनुमा हर्मोनकै गडबडी भएको चिकित्सकहरुले बताएका छन् । चिकित्सकका अनुसार ती बच्चा बाल प्रौढ अवस्थाबाट पीडित भएको बताइएको छ । सात वा आठ वर्षअघि नै प्रौढअवस्थाको लक्षण देखाउनुलाई बाल प्रौढ अवस्था भनिन्छ । ६ महिनाअघि मात्र बच्चामा केही गडबडी भएको अभिभावकले थाहा पाएका थिए । उनीहरुले छोराको यौनांग अस्वाभाविक रुपमा ठूलो भएको पाएका थिए ।

तर शरीरका अन्य भाग भने अन्य बालबालिकाको भन्दा निकै सानो थियो । बच्चाकी आमाले हिन्दूस्तान टाइम्सलाई भनिन्,‘उ केबल ठूलो भएको आशंकामा हामीले चिकित्सककहाँ देखाएनौं । तर उ एक वर्षको पुग्दा उसमा केही न केही गडबडी भएको हामीले पायौं ।’ बच्चाकी आमा भन्छिन्, ‘परिबारमा अन्य धेरै बालबालिका हुर्काएकी मेरी सासुआमाले पनि उसको गुप्तांगको बृद्धिलाई अस्वाभाविक बताइन ।

त्यसपछि हामीले डाक्टरकहाँ पुप्यायौं ।’ बाल्य अवस्थामा यौनअंगले काम गर्न थाल्नु वा यौन चाहना हुनु निकै दुर्लभ हो । अहिलेसम्म इतिहासमा रेकर्ड भएअनुसार पेरुमा सन् १९३९ मा आमा बनेकी लिना मेडिना नाम गरेकी बालिका विश्वकै सबैभन्दा कान्छी आमा हुन् । उनले पाँच वर्षको उमेरमा बच्चा जन्माएकी थिइन । सो घटनापछि उनी अन्तर्राष्टिय स्तरमा नै सेलिब्रेटी भएकी थिइन् ।
 ट्युमरका कारण उनको पेट ठूलो भएको उनका अभिभावकले आँकलन गरेका थिए । तर घरेलु उपचारबाट सम्भव नदेखिएपछि उनलाई अस्पताल लगेका थिए । तर त्यसको एक महिनापछि छोरालाई जन्म दिएर उनले संसारलाई नै चकित तुल्याएकी थिइन ।

 आकाशलाई उपचार गरेका चिकित्सक वैशाखी रस्तागीले भनिन्, ‘बाल अवस्थामा नै प्रौढको जस्तो विकसित गुप्तांगले बालबालिकालाई हिंसात्मक बनाउछ । उसको मांशपेशीको शक्ति यस्तो तहमा वृद्धि भएको छ जसलाई उनका अभिभावकले पनि नियन्त्रण गर्न सक्दैनन् । ’यस्तो समस्या १० हजार बच्चामध्ये एकजनामा देखिने बताइन्छ । अर्को खतरा के देखिएको छ भने आफ्नै उमेरका अन्य बालबालिकाको तुलनामा उक्त बालकका वृद्धि भने कम छ । उसमा देखिएको अस्वाभाविक लक्षण हटाउन आकाशलाई औषधि खुवाइएको छ । उसको अवस्थालाई आफैले नबुझ्ने बेलासम्म यस्तो औषधि दिइनुपर्ने चिकित्सक बताउछन् ।

Monday, May 16, 2016

तपाईंको फेसबुक, पासवर्ड बिनै खोलिन्छ !

तपाईंले आफ्नो फेसबुकको पासवर्ड आफूलाई मात्र थाहा छ, म मात्र खोल्न सक्छु भन्ने धारणा पाल्नुभएको छ भने तपाई गलत धारणामा हुनुहुन्छ । तपाईं बाहेक पनि अरु कोहीले तपाईंको फेसबुक खोल्न सक्छन् ।
के तपाईंले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ की तपाईंलाई मात्र पासवर्ड थाहा भएको तपाईंको फेसबुक अकाउण्ट कसैले पासवर्ड बिनै मज्जाले खोलिदिन सक्छ भनेर ।
हो, यो सत्य कुरा हो । यस्ता केही मानिस छन् जसले जो कोहीको पनि फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोलिदिन सक्छन् । आखिर को होलान् त ती मानिस ? कतै ह्याकर त होइनन् ? त्यसोभए त फेसबुक निकै असुरक्षित भयो भन्नुहोला । त्यसो पनि होइन, यी मानिसका कारण तपाईंको फेसबुक असुरक्षित होइन बरु अझै बढि सुरक्षित हुन्छ ।
उनीहरुलाई तपाईको फेसबुक खोल्न पासवर्डको जरुरत नै पर्दैन । ती कुनै ह्याकर हैनन् ती फेसबुक कम्पनीकै कर्मचारी हुन् । फेसबुकले आफ्ना केही कर्मचारीलाई यो सुविधा दिएको छ ।
वास्तवमा जो कोहीको फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोल्नसक्ने क्षमता अरुमा हुने त कुरै भएन ।
फेसबुक प्रयोगकर्ताको सुरक्षाको सुनिश्चितता प्रदान गर्नका लागि आफ्ना केही कर्मचारीहरुलाई फेसबुकले यस्तो अधिकार तथा सुविधा दिएको हो । फेसबुकले के स्पष्ट गरेको छ भने कर्मचारीलाई दिइएको यस्तो सुविधाबाट कुनैपनि फेसबुक प्रयोगकर्ताको गोपनियतामा भने कुनै खालको खतरा उत्पन्न हुनेछैन । निश्चित काम पुरा गरुन्जेलका लागि फेसबुकले आफ्ना कर्मचारीलाई यस्तो सुविधा दिन लागेको हो ।
किनकी प्रयोगकर्तामाथि विश्वासघात गर्ने कर्मचारीलाई तत्कालै बर्खास्त गरिनेछ । यस्तो सुविधा सधैँभरी दिइने पनि होइन । निश्चित कर्मचारीलाई निश्चित काम पूरा गरुन्जेल सम्मका लागि मात्र दिइने हो ।

सेक्स प्रकरणपछि बदनाम भएका बलिउड हस्तीहरु

मुम्बई – शाइनी अहुजा ४६ वर्षका भए । उनले सन् २००३ मा ‘हजारो ख्वाहिशे ऐसी’ नामक चलचित्रमार्फत बलिउडमा डेब्यू गरेका थिए ।
 उनले त्यसपछि ग्याङस्टार, वो लम्हे, लाईफ इन अ मेट्रो, भूल भुलैयाजस्ता हिट चलचित्र खेले । 
तर सन् २००९ मा उनीमाथि बलात्कारको आरोप लाग्यो ।
 जसका कारण यि क्षमतावान् कलाकारको करियरमा विराम लाग्यो ।

 शाइनी आहूजामाथि उनकै घरमा काम गर्ने एक कामदारले बलात्कारको आरोप लगाएकी थिइन् । कामदारका अनुसार श्रीमती घरमा नभएका बेला शाइनीले उनलाई बलात्कार गथ्र्ये ।

 शाइनीले यस आरोपलाई खण्डन गरेपनि डिएनए परिक्षणपछि उनले बलात्कार गरेको पुष्टि भयो । सन् २०११ मा यस प्रकरणमा उनलाई ७ वर्षको जेल सजाय भयो । उनले सर्वोच्च अदालतमा आफू निदोर्ष रहेको भन्दै मुद्दा दायर गरेका छन् र मुद्धाको छिनाफोनो हुन बाँकी छ ।

 पुनरागमन भएन 
बलात्कारको आरोपपछि पनि शाइनीले घोस्ट नामक चलचित्र खेले । तर सन् २०१२ मा रिलिज भएको उनको चलचित्र फ्लप भयो । यसपछि उनले सन् २०१५ मा वेलकम ब्याकमा पनि खेले । चलचित्र हिट भयो र शाइनीको करियरमा यसले कुनै फाइदा पुर्याएन ।

 अरु को–को फसे
 सेक्स र बलात्कारको मामिलामा ? सन् २०१४ मा हैदरावादको बन्जारा हिल्समा एक सेक्स स्क्यान्डलमा श्वेता बासूको नाम जेडियो । उनी दुई महिनासम्म रेस्क्यू होममा बसेपछि घर फर्किएन् । यस विषयमा हैदरावादको अदालतले श्वेतालाई क्लिन चिट दिइसकेको छ । 

उनले मकडी, इकवाल, वाह लाइफ हो तो ऐसी जस्ता चलचित्रमा खेलेकी थिइन् । इन्दरकुमारमाथि सन् २०१४ को अप्रिलमा बलात्कारको आरोप लाग्यो ।

 उनी सलमान खानसँग निकै नजिक थिए । यस आरोपपछि इन्दरकुमारलाई प्रहरीले पक्राउ गर्यो । उनी जमानतमा त्यतिबेलै रिहा भए । तर सलमानसँग वान्टेडमा काम गरेका इन्दरकुमार यस प्रकरणपछि फिल्मी दुनियाँबाट गायब भए । आदित्य पञ्चोलीमाथि पनि यस्तै बलात्कारको मुद्धा लाग्यो । 

त्यतिबेला उनी पुजा वेदीसँग प्रेम सम्बन्धमा थिए । आदित्यमाथि यस्तो मुद्धा लागेपछि पुजा बेदीले उनीसँगको सम्बन्ध नै टुंग्याइन् । 

अभिनेत्री ममता कुलकर्णीले राजकुमार सन्तोषीलाई आफ्नो पदको फाइदा उठाएर यौनहिंसा गरेको आरोप लगाइन् । ममतको आरोपले सञ्चारमाध्यममा ठूलै खलबली मच्चियो । ममताले यस्तो आरोप लगाएपछि सन्तोषीले कुनै पनि चलचित्रमा ममतालाई काम दिएनन् । 

यसै प्रकरणपछि ममताको करियर पनि छायाँ पर्दै गयो । सन् २००५ मा शक्ती कपूरले पनि चलचित्र खेलाउनका लागि युवतीसँग फाइदा उठाउन खोजेको भिडियो सार्वजनिक भयो । उनले युवतीलाई फकाएर यौन क्रियाकलापमा सहभागि गराउन खोजेको विषय एक स्टिंग अपरेशनबाट सार्वजनिक भयो । 

त्यसपछि शक्तीको पनि बद्नाम भयो । अस्मित पटेल र रिया सेनको एमएमएस भाइरल बनेपछि दुबैको ठूलो बद्नामी भयो ।

 उनीहरु अभिनित चलचित्र सिलसिले प्रदर्शनमा आउनुभन्दा ठीक दुई दिनअघि यो भिडियो सार्वजनिक भएको थियो । दुबै कलाकारले चलचित्रका लागि यस्तो आपत्तिजनक दृश्य दिनुपरेको बताएर पन्छन खोजे । भिडियोमा उनीहरु यौन क्रियाकलापमा मस्त थिए ।

Friday, October 2, 2015

तातोपानीमा चीनसँगको नाकामा ‘ट्रयाक’ खुल्यो


भूकम्पले ध्वस्त भएको तातोपानी नाका जोड्ने सडकको पहिरो हटाइएको छ। सिन्धुपाल्चोकको लिपिङ बजारमा रहेका ठूला ठूला ढुंगासहितको पहिरो हटाइएपछि अरनिको राजमार्ग नेपाल–चीन सीमाको मितेरी पुलसँग जोडिएको हो। सडक डिभिजन कार्यालयका अनुसार आज साँझ ‘ट्रयाक’ खुलेको भएपनि सवारीसाधन आवागमनका लागि अझै २ दिन लाग्न सक्ने छ। यस्तै तातोपानी नाका खुलाउन गएको अनेरास्ववियुका प्रचार विभाग प्रमुखका अनुसार भोलिदेखि गाडी पास हुन्छ। अहिले ट्याक खोल्ने काम पुरा भएको छ।

Wednesday, September 30, 2015

नेपाल र भारतबीचको सम्बन्धमा असर नपरोस्ः सञ्चारमन्त्री

काठमाडौँ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. मीनेन्द्र रिजालले नेपाल र भारतबीचको सम्बन्धमा थप नकारात्मक असर नपरोस् भन्ने हेतुले नेपालका केवल प्रसारण संस्थासँग पत्राचार गरिएको बताएका छन् ।

 मन्त्री रिजालले नेपालका केवल प्रसारण संस्थाले मङ्गलबारबाट भारतका सबै टेलिभिजन च्यानल बन्द गर्ने निर्णय गरेको सम्बन्धमा आफ्नो मन्त्रालयले केवल सञ्चालकलाई बोलाएर सो पत्राचार गरेको उनले बताए । एउटा सानो जमातको कारण नेपालमा सुरु भएको भारतीय च्यानलको प्रसारण रोक कसैको हितमा नभएको बताउँदै भारतीय च्यानल पुनः प्रसारण गर्न अनुरोधसहित २४ घन्टाभित्र जवाफ दिनुस् भनेर मन्त्रालयले पत्र पठाएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री डा रिजालले बताए ।

 सोही विषयलाई लिएर सामाजिक सञ्जालमा भएको विरोध र आक्रोशबारे सोधिएको एक प्रश्नमा उनले आफूप्रति आक्रोश र निरासा देखाउने सबै नागरिकप्रति आफ्नो मन कतिपनि नदुखेको उल्लेख गरे । सञ्चारमन्त्रीले भने – “मैले जीवनमा यति धेरै सामाजिक सञ्जालमा विरोध, आक्रोश खेप्नुपर्‍यो, मलाई फोन र एसएमएस पठाएर सोध्नुभएको छ, किन यसो गर्नुभयो भनेर ।

उहाँहरुले मलाई देखाएको आक्रोशले मभित्र रहेको यो मुलुकको स्वाधीनता र स्वतन्त्रता अझ बलियो भएर जानेछ, नेपाली जनताले कहिले पनि सम्झौता गर्दैनन् भन्नेमा म बढी विश्वास गर्छु, तर भावावेसले मुलुक अगाडि जाँदैन । उनले “हामीले आपूर्ति व्यवस्था सहज गर्नुपर्छ, भारतसँगको सम्बन्धलाई अझ गहिरो बनाउनुपर्छ, दुई देशबीचको सम्बन्ध सुधारका लागि कूटनीतिक प्रयास गरिनुपर्छ ।” भने ।

उत्तरी नाका खोल्न दुई सय मिटर बाँकी


काठमाडौ, १४ असोज । सरकारले अविलम्ब कूटनीतिक पहल थाले सातापछि नै उत्तरतिरको मुख्यउ नाका तातोपानी खुलाउन सम्भव देखिएको छ।

 भूकम्पले अवरूद्ध चीन जोड्ने अरनिको राजमार्ग अन्तर्गत तातोपानी नाका खुलाउने काम अन्तिममा पुगेकाले तत्काल आपूर्ति सम्भव देखिएको खबर आजको नागरिकमा ध्रुब दंगालले लेखेका छन्।

वैशाख १२ को शक्तिशाली भूकम्प र लगातारको परकम्प अनि बर्खाको बाढी पहिरोले पाँच महिनादेखि यस नाका बन्द छ। राजमार्गले नाका छुट्टयाउने मितेरी पुल जोड्न करिब २ सय मिटर मात्र बाँकी छ। लिपिङ बजारसम्म सडक अवरोध पन्छाउने काम सकिएको छ। पुलको सय मिटरवर सडकमै थुप्रिएका चट्टाने पहिरो हटाएपछि राजमार्गले नाका जोडिन्छ।

 झन्डै १०० मिटर दूरीमा फेलिएर १५ मिटर उचाइ लिएर राजमार्गको छेउका घरभन्दा अग्ला भीमकाय चट्टानै चट्टान थुप्रिएको छ। पहिरो तत्काल पन्छाउन सडक डिभिजन कार्यालयले सम्पूर्ण संयन्त्र प्रयोग गरेको छ। पाँच दिन भित्र अवरोध हटाउन सडक र स्थानीय प्रसाशन सक्रिय छन्।‘जुनसुकै विकल्प अपनाएर भए पनि पाँच दिनभित्र सडकको अवरोध हटाइसक्छौ,’ प्रमुख जिल्ल अधिकारी बलभद्र गिरीले भने।